अछाम — अछामको मेल्लेख गाउँपालिका–४ सेलगाउँमा खाेलाले बगाउदा ७ वर्षीया बालिकाकाे मृत्यु भनिन्छ ।
स्थानीय खडक साउँदकी छोरी कृति उपचारका लागि मामा घर साँफेबगर नगरपालिका–१३ मैडाली गएकी थिइन्। मामा सँगै उपचारपछि फर्किने क्रममा बुढाबगर नजिकै ईगडी खोलाको साँघुरो बाटोमा चिप्लिएर उनी खोलामा बगेकी प्रहरीको भनाइ छ।
प्रहरी टोलीले खोजतलास गर्ने क्रममा घटनास्थलबाट करिब ३ किलोमिटर दक्षिणमा बालिकाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।











