अछाम — राष्ट्रिय परिचयपत्र बनाउन आएका एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ।
जिल्लाकाे तुर्माखाँद गाउँपालिका–३, लकान्द्रका ७३ वर्षीय मनहरे कामी मंगलबार बिहान कमलबजारस्थित राष्ट्रिय परिचयपत्र दर्ता केन्द्रमा कार्ड बनाउन आएका र कार्यालय परिसरमै अचानक ढलेर मृत्युु भएकाे जनाएको छ ।
कार्यालयमा ढल्दा स्थानीयले उनलाई तत्काल नजिकैको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र पुर्याएकाे त्यसपश्चात स्वास्थ्यकर्मीले उनलाई साढे १२ बजे मृत घोषणा गरेकाे प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार कामी कमलबजार नगरपालिका–२, कालापोखरा क्षेत्रमा नगरपालिकाको ग्राउन्डतर्फ जाँदै गर्दा ढलेका थिए। परिवारका सदस्यहरू टाढा भएकाले आवश्यक प्रक्रिया आफन्त आएपछि मात्र अघि बढाइने अछाम प्रहरीले जनाएको छ।











