कैलाली /धनगढी उपमहानगरपालिका–५ पुरानो एयरपोर्ट नजिक रहेको बिरजया ग्रिल स्टील एण्ड अलुमिनियम उद्योगभित्र एक कामदार मृत अवस्थामा फेला परेका छन्।
मृत भेटिनेमा २३ वर्षीय सुनिल भुल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार भुल शुक्रबार बिहान उद्योगभित्र मृत अवस्थामा फेला परेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











