कैलाली /कैलालीको लम्कीचुहा नगरपालिका–६ बाहुनपुरमा २ वर्ष ६ महिनाकी बालिका पुर्णिमा चलाउनेको पानीमा डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, बालिका घरदेखि करिब १.५ मिटर टाढा रहेको खाल्डोमा बाटोमा खेलिरहेको अवस्थामा डुबेकी हुन्। प्रहरी घटनास्थल पुगेको र आवश्यक अनुसन्धान भइरहेको बताएको छ।











