टिकापुर / कैलालीको टिकापुरमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि पीडित पक्ष आन्दोलित भएका छन्। मंगलबार बिहान इलाका प्रहरी कार्यालय अगाडि बसले ठक्कर दिँदा टिकापुर–६ का अतवारी चौधरीको मृत्यु भएको थियो।
आज बिहानदेखि आफन्त र स्थानीयले क्षतिपूर्तिको मागसहित सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्। आन्दोलनकारीहरूले बजारका विभिन्न स्थानमा टायर बालेर विरोध जनाएका छन्।
इलाका प्रहरी कार्यालय टिकापुरका अनुसार, आन्दोलनरत पक्षसँग वार्ता गरी सहमति गर्ने प्रयास भइरहेको छ।











