युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली /कैलाली कारागार परिसरमा साउन २३ गते भएको घटनाबारे प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले सरकारलाई निष्पक्ष छानबिन गर्न र दोषीमाथि कानुनअनुसार कारबाही गर्न निर्देशन दिएको छ।

समितिको बैठकले पीडितलाई क्षतिपूर्ति दिलाउने व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय र कानुन मन्त्रालयलाई पनि सुझाव दिएको छ। साथै, यस्ता झडप वा कुटपिट दोहोरिन नदिन कारागार प्रशासनलाई थप जिम्मेवार बनाउन, कैदीबन्दीबाट नेतृत्व चयन गर्ने प्रावधानको पुनरावलोकन गर्नुपर्ने मत व्यक्त गरेको छ।

अपराधको प्रकृति, कैदीबन्दीको सङ्ख्या र स्वभावअनुसार छुट्टाछुट्टै ब्लक वा कारागारमा राख्ने, श्रम तथा उत्पादनसँग जोड्ने, र प्रभावकारी रणनीति कार्यान्वयन गर्ने विषयमा पनि निर्देशन दिइएको छ।

सभापति विमला सुवेदीका अनुसार, कारागार व्यवस्थापनमा नीतिगत, कानुनी तथा संरचनागत सुधार गर्न, आवश्यक भौतिक संरचना निर्माण गर्न, प्रत्येक प्रदेशमा कम्तीमा एउटा नमूना कारागार स्थापना गर्न र क्षमताभन्दा बढी कैदीबन्दी नहुने अवस्था सुनिश्चित गर्नुपर्ने आवश्यकता छ।

समितिले देशभरका कारागारलाई प्रविधिमैत्री, सुरक्षित र मानव अधिकारमैत्री बनाउँदै सुधारगृहका रूपमा विकास गर्न सरकारलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय