युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली /कैलाली कारागारमा हाल कैदीबन्दीको वास्तविक संख्या यकिन गर्न गणना कार्य सुरु गरिएको छ। शनिबार मात्रै जिम्मेवारी सम्हालेका जेलर जालन्धर भुसालले प्रत्येक कैदीलाई बोलाएर अनुहार हेर्दै संख्या मिलाउने काम अगाडि बढाएका हुन्।

कारागार प्रशासनका अनुसार, भित्र तनावपूर्ण अवस्था रहँदा पनि गणना कार्य जारी छ। गत शुक्रबार कारागारभित्र भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका थिए। घटनापछि ३६ घण्टा बितिसक्दा पनि स्थिति पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।

प्रशासनको सक्रियतामा आइतबार दिउँसोदेखि कैदीबन्दीको तथ्याङ्क यकिन गर्ने प्रयास भइरहेको हो। भित्रको अवस्था तनावपूर्ण भएपछि कैदीबन्दीका आफन्तहरू कारागार परिसरमा पुगेर सोधखोज गरिरहेका छन्। तर, प्रशासनले उनीहरूलाई गेटबाहिरै रोकेको छ।

स्रोतका अनुसार, कैदीबन्दीहरूले थुनुवा कक्ष भित्रबाट ताला लगाएर नियन्त्रणमा लिएका छन् र गृह मन्त्रालय वा कारागार विभागका प्रतिनिधि आएपछि मात्र ढोका खोल्ने बताएका छन्।

करिब १५० जनाको क्षमता भएको कैलाली कारागारमा अहिले झण्डै ७०० कैदीबन्दी छन्। क्षमताभन्दा धेरै कैदी राखिँदा यस्ता तनावपूर्ण घटना समय–समयमा दोहोरिँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय