कञ्चनपुर /कञ्चनपुरको बेदकोट नगरपालिका–१० चतहरीमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ।
शनिबार आफ्नै घरमा चालु अवस्थामा रहेको टेबल पंखा उठाउने क्रममा ६० वर्षीय पदम सार्की घाइते भएका थिए।
उनीलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर लगिएकोमा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।











