बझाङ – जिल्ला अदालतको फैसलापछि कैद सजाय पाएका तर फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मष्टा गाउँपालिका–२ निवासी गंगेबहादुर द्वाल रहेका छन्। अदालतले २०६७ साल वैशाख १५ गतेको फैसलामार्फत उनलाई १ महिना कैद सजाय सुनाएको थियो। तर उनी फैसला पश्चात फरार रहेका थिए।
जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले जयपृथ्वी नगरपालिका–१०, चैनपुर बजार क्षेत्रबाट उनलाई बिहीवार पक्राउ गरेको जनाएको छ।











