डडेल्धुरा — डडेल्धुरामा सोमबार भएको एक दुःखद मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ। अजयमेरु गाउँपालिका–२ निवासी ४५ वर्षीय गणेश भट्टको सोमबार उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
प्रहरी निरीक्षक धनि चन्दका अनुसार, भट्टले चलाएको नम्बर प्लेट नभएको पल्सर मोटरसाइकल अजयमेरु गाउँपालिका–१ स्थित पुइलेक कासिपुर सडकखण्डको घुम्तीबाट करीब ५० मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका भट्टलाई तत्काल डडेल्धुरा अस्पताल लगिएको भए पनि उपचारको क्रममा उनको ज्यान गएको हो।
यो घटनाले सडक सुरक्षाको सवालमा गम्भीर चिन्ता उठाएको छ।











