कञ्चनपुर / ञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर नजिक पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक हाइस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
सोमबार साँझ, महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको बागमती प्रदेश–०१०३२ च ३२४१ नम्बरको हाइस विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउने प्रयासमा अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो।
घाइतेहरूलाई झलारीस्थित टी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार, एक जनाको अवस्था मध्यम रहेको छ भने बाँकीको अवस्था सामान्य छ।











