सिलगढी/ आज देशभर सामान्य बदली रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा तराईका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
रातिको समयमा पनि देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही ठाउँहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्छ। कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। त्यस्तै, पहाडी क्षेत्रमा पनि सामान्य बदली रही केही स्थानहरूमा वर्षाको सम्भावना छ।
तराई भू-भागमा आंशिक बदली रहनेछ। केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।











