बाजुरा, साउन १५ — बाजुराको बुढीनन्दा नगरपालिका–१ भिरबाट लडेर एक वृद्धकाे मृत्यु भएकाे छ ।
प्रहरीका अनुसार साेही ठाउँ जमसालका ६१ वर्षीय मनिचन्द्र खत्रीको भीरबाट लडेर मृत्यु भएको जनाएको छ ।
खत्री घाँस काट्नका लागि टालेबिस्न लेक गएका थिए। साँझसम्म घर नफर्किएपछि आफन्तहरूले खोजतलास गर्ने क्रममा माङ्लेगौडा भीरबाट करिब १०० मिटर तल घाईते अवस्थामा फेला पारेका थिए।
उनीलाई तत्काल उपचारका लागि कोल्टी अस्पताल, बुढीनन्दा पुर्याइएको भए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।











