कैलाली — धनगढीस्थित मोहना नदी किनारमा एक बालकको शव वेवारिसे अवस्थामा फेला परेको छ।
प्रादेशिक आयुर्वेद चिकित्सालय नजिकै नदी किनारमा मंगलवार शव देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए।
उनका अनुसार अन्दाजी ८/९ वर्षको बालकको शव आंशिक रूपमा सडेको अवस्थामा भेटिएको हो। शवको पहिचान अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
हाल शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।











