कैलाली, — तामा (बासकल्ला) खोज्न जंगल गएका कैलालीका एक युवक चार दिनपछि मृत अवस्थामा फेला परेका छन्।
गौरीगंगा नगरपालिका–६ बनबेहडा, बिजयनगर टोलका २८ वर्षीय टेकबहादुर रोकाया साउन १० गते बिहान ८ बजे दुई जना साथीसहित तामा खोज्न निस्किएका थिए। उनी चुरे गाउँपालिका–४ स्थित तल्ला रौला जंगल क्षेत्रबाट सम्पर्कविहीन भएका थिए।
घटना भएको चार दिनपछि मंगलवार चुरे गाउँपालिका–४, पनेरुवा शिविर माथि सिताखाली खोलामा घोप्टो परेको अवस्थामा रोकायाको शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











