युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली / साउनको मधुर बिहान। कैलालीको भजनीको खेतमा हावासँगै धानका बाला लहराइरहेका छन्। खेतमा पसिना पुछ्दै सीता देवी चौधरी मुस्कुराउँदै भन्नुहुन्छ,
“यो धान त फेरीको हो नि! पहिले काटेको थियो, फेरि फुल्यो, फेरि भित्र्याउँदैछु।”

यो कुरा सामान्य जस्तो लागे पनि, भजनीका किसानका लागि यो दोस्रोपटकको चामल होइन, जिन्दगीको ढुक्क हो। वर्षा कम भयो, डुबान आएन — किसानले सास फेर्‍यो । सधैंझैं बर्खामा डुबानले खेत डुबाउने डर। कहिले गोठ, कहिले घर, कहिले बालीनाली सबै सखाप। तर यसपालि, आकाशले पानी जोगायो। खेतहरू शान्त रहे। अनि त्यही शान्तिमा खेतीले फेरि बाँच्ने मौका पायो।

पहिलोपटक जेठमा काटिएको धानको बोटबाट फेरि नयाँ टुसा फूटे। अनि आज त्यो टुसा पकेर फेरी धान बनेर खेतैभरि लहराइरहेको छ।

किसान जयप्रसाद ढुङ्गाना बताउनुहुन्छ —“म त ढाइ बिघा खेतमा केही नगरीकन १२ क्विन्टलभन्दा बढी धान पाएको छु। न मल हालियो, न गोडमेल। प्राकृतिक रूपमा फेरी फलेको हो यो।”

यो दोस्रोपटकको फसल भनेको लगानीविहीन लाभ हो। त्यसैले किसानहरूलाई झन् मिठो लागिरहेको छ।

भजनीका बुद्धिराम थारू भन्नुहुन्छ,“अब किसानले चैते धानमै ढुक्क पाएका छन्। बर्खेमा त लगानी डुब्छ कि भन्ने डर। चैतेले त बिना डर, बिना खर्च फाइदा दिइरहेको छ।”

किसानहरूले बर्खे धानमा सोचेर लगानी गर्छन्, तर चैतेमा लगानी गरे पछुताउनु परेको छैन। बरु उल्टै, कम स्याहारमा पनि उत्पादनले आश्चर्यचकित बनाइरहेको छ।

भजनी क्षेत्र अहिले चैते धान विस्तारको प्रयोगशाला बनिरहेको छ। कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले यसमा साथ दिएको छ।
एकाइ प्रमुख गोविन्दराज जोशी भन्छन्,“यो दोहोरो फसल सामान्य कुरा होइन। हामीले अध्ययन गर्नुपर्ने कुरा हो। यदि प्राविधिक रूपमा बलियो साथ दिन सकियो भने किसानको जीवनस्तर नै बदलिन सक्छ।”
भजनीका किसानले वर्षौँदेखिको डर, डुबान र ध्वस्त बालीको तीतो अनुभवपछि चैते धानबाट मिठास पाएका छन्। दोस्रोपटक फलेको धानले न केवल पेट, तर आत्मा पनि भरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय