कैलाली,
कैलालीको गौरीगंगा नगरपालिका–११ ऐठामा एकै परिवारका दुई सहोदर दाजुभाइको नदीमा डुबेर मृत्यु भएको दुःखद घटना सार्वजनिक भएको छ।
स्थानीय लालु धामीका २५ वर्षीय छोरा उमेश धामी र २० वर्षीय प्रकाश धामीको लिक्मा नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मसुरियाले जानकारी दिएको छ।
दाजुभाइ दुवैजना बिहीवार दिउँसो नदीमा नुहाउन गएका थिए। त्यही क्रममा डुबेर बेपत्ता भएका उनीहरूलाई स्थानीयको सहयोगमा प्रहरी टोलीले दिउँसो करिब ३ बजे उद्धार गरी सेती प्रादेशिक अस्पताल, धनगढी पुर्याएको थियो।
तर चिकित्सकले अस्पताल पुर्याएलगत्तै दुवैलाई मृत घोषणा गरेका थिए।
सधैं सँगै देखिँदै आएका दुई दाजुभाइको यस्तो कारुणिक अन्त्यले गाउँमा शोकको छायाँ फैलिएको छ।











