बझाङ । बझाङको केदारस्यु गाउँपालिका–५ बहोराडीकी एक महिलाकाे भिरबाट लडेर निधन भएकाे छ । स्थानीय ५९ वर्षीया कमला बोहराको भिरबाट लडेर निधन भएकाे हाे ।
बोहरा घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा करिब १०० मिटर तल खसेकी थिइन्। गम्भीर घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल चैनपुर लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।











