बझाङ, केदारस्यु – बझाङको केदारस्यु गाउँपालिका–४ बागथला बजारमा रहेको “होनैनाथ गारमेन्ट उद्योग” मा गएराति भीषण आगलागी भएको छ।
स्थानीय पुष्पराज भट्टले सञ्चालन गर्दै आएको उक्त उद्योगमा राति करिब १२:४५ बजे विद्युत् सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
आगलागीबाट उद्योगभित्र रहेका सम्पूर्ण सामग्री जली नष्ट भएका छन्। मानवीय तथा चौपाय क्षति भने नभएको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।











