युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली — कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ र ६ जोड्ने घुरहा नदीको पुल अधुरो मर्मत भएपछि आवागमनमा थप जोखिम बढेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्।

दशकअगाडि निर्माण गरिएको सो पुलको पूर्वतर्फ नदीले धार परिवर्तन गर्दा पहुँचमार्ग कटान भएर भत्किएको थियो। त्यसपछि प्रदेश सरकारको ५० लाख रुपैयाँको बजेटमा पुल मर्मत कार्य थालिएको हो। तर स्थानीयले खर्चअनुसार काम नगरेको आरोप लगाउँदै मर्मतपछि पनि सहज आवागमन हुन नसकेको गुनासो गरेका छन्।

स्थानीय बासिन्दा बीरबहादुर चन्दले भने, “५० लाख खर्च गरेर मर्मत गरेको भनिन्छ, तर अहिले पनि आवत–जावत गर्न गाह्रो छ। यसलाई मर्मत काम भन्नै मिल्दैन।” उनले इन्जिनियरलाई पटक–पटक जानकारी गराए पनि “बजेट अनुसारको काम भयो” भन्दै पन्छिएको बताए।

स्थानीय सरस्वती मल्ल सिंहका अनुसार, असार ४ गते मात्र हतार-हतार काम सम्पन्न गरिएको हो। ठेकेदारले काम पूरा नगरेपछि बाँकी काम पेटी ठेकेदारमार्फत गरिएको थियो। पुल मर्मतको ठेक्का भूमिराज उदयदेव निर्माण सेवाले पाएको थियो, जसले वैशाख १८ गतेभित्र काम सम्पन्न गर्नुपर्ने सम्झौता गरेको थियो।

पूर्वाधार विकास कार्यालयका साइट इन्जिनियर देवीकुमारी बलायरले भने मर्मत कार्य बजेटअनुसार नै सम्पन्न गरिएको दाबी गरेकी छिन्।

स्थानीयहरू भने मनसुन सुरु भइसकेको अवस्थामा पुल पुनः कटानमा पर्न सक्ने भन्दै चिन्तित छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय