बाजुरा— बाजुराको बुढीगङ्गा नगरपालिकामा दाउरा सङ्कलन गर्ने क्रममा बुढीगङ्गा नदीले बगाउँदा एक व्यक्तिको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय बजुराका अनुसार मृतक बुढीगङ्गा नगरपालिका–२ ताँप्राका ३७ वर्षीय लोकबहादुर बुढथापा हुन्। प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जनाएअनुसार बुढीगङ्गा–३ र ६ मा पर्ने नदी किनारमा दाउरा निकाल्ने क्रममा अचानक बाढी आउँदा उनी बगाएका थिए।
बुढथापा घर नफर्किएपछि परिवारले खोजी गर्दा करिब एक किलोमिटर तल नदी किनारमै उनको शव फेला परेको प्रहरीको भनाइ छ। घटनापछि शव परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको छ।











