युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कञ्चनपुर / कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतिरहेकी एक महिलाको सर्पको टोकाइबाट मृत्यु भएको छ।

शुक्रबार राति सुतिरहेका बेला २८ वर्षीया कमला दमाईलाई सर्पले गालामा टोकेको थियो। तत्कालै उनलाई उपचारका लागि अत्तरिया अस्पताल हुँदै सेती प्रादेशिक अस्पताल, धनगढी ल्याइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको श्रीमान् पुरन दमाईले जानकारी दिएका छन्।

कमला दुई महिनाअघि मात्र भारतबाट घर फर्किएकी थिइन्। परिवारको पक्की घर हुँदाहुँदै पनि समाजको रुढीवादी सोचका कारण उनी छिमेकीको घरछेउमा बनाइएको असुरक्षित छाउगोठमा बस्न बाध्य भएकी थिइन्।

घटना भएपछि स्थानीयस्तरमा छाउपडी प्रथाविरुद्ध पुनः आवाज उठ्न थालेको छ। कमलाको मृत्युप्रति शोक व्यक्त गर्दै नागरिक समाज, अधिकारकर्मीहरू र युवाहरूले दोषी परम्परागत अभ्यास अन्त्य गर्न माग गरेका छन्।

कमलालाई प्राथमिक उपचारका लागि अत्तरिया स्थित एभरेस्ट एकेडेमी अस्पताल र नवजीवन अस्पताल पनि लगिएको बताइएको छ। तर अवस्था गम्भीर हुँदै गएपछि उनलाई अन्ततः सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो, जहाँ उपचारकै क्रममा मृत्यु भयो।

छाउपडी प्रथाले अझै पनि महिलालाई जीवनको जोखिममा राखिरहेको यो घटनाले देखाएको छ। पक्की घर हुँदा पनि परम्पराको नाममा महिलालाई पशुजस्तै गोठमा बस्न बाध्य बनाउने समाजप्रति कडा प्रश्न उठेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय