कञ्चनपुर, – कञ्चनपुरको वेदकोट नगरपालिका–१० स्थित त्रिपुरा मन्दिर नजिक भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी शुक्लाफाँटा नगरपालिका–१० निवासी ३८ वर्षीय ललितराज जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
शुक्रवार राति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका जोशी आफैंले चलाएको लुम्बिनी प्रदेश ०३–००१ प २८५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।
घाइते जोशीलाई महाकाली प्रादेशिक अस्पताल लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।











