कञ्चनपुर, कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरकी ५५ वर्षीया द्रोपति भट्टको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए।
बेलौरीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश–००१ ख ९२९ नम्बरको यात्रुबाहक बसले सडकछेउमा हिँडिरहेकी भट्टलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि धनगढीस्थित निर्सग अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको हो।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।











