युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

भाेटेकाशी / असार २४ गते राति भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण फसेका ४८५ जनाको सकुशल उद्धार गरिएको छ। सशस्त्र प्रहरीसहित नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा स्याफ्रुबेशी–रसुवागढी सडकखण्डमा अस्थायी पदमार्ग निर्माण गरी उद्धार कार्य सम्पन्न गरिएको हो।

सशस्त्र प्रहरीका नायब उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार, उद्धार गरिएकामध्ये ५० जना नेपाली, १ जना चिनियाँ र ४ जना भारतीय नागरिक रहेका छन्।
त्यसैगरी, बाढीका कारण जोखिममा परेका थप १६५ जनालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

बाढीले ठूलो भौतिक क्षति पनि पुर्‍याएको छ। रसुवागढीको भन्सार यार्डमा फसेका दुई कन्टेनर र एक इभी गाडीलाई सुरक्षित स्थानमा सारिएको छ। तर, अझै पनि तीन सुरक्षाकर्मी, १४ नेपाली र ६ चिनियाँ नागरिक बेपत्ता छन्। हालसम्म ४ जनाको शव फेला परेको छ भने अन्य पाँचवटा मानव अंग मात्र भेटिएको प्रहरीले जनाएको छ। फेला परेका शव तथा अंगहरू त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ।

बाढीको कारण रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुलमा क्षति पुगेको छ, जसका कारण नेपाल–चीन भन्सार नाका पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा विद्युत् आपूर्ति समेत अवरुद्ध भएको छ।

भोटेकोशी बाढीले ४२ वटा इभी गाडी, २३ वटा कन्टेनर ट्रक, ६ वटा ट्रक, ८ वटा हेभी इक्युपमेन्ट, ३० वटा वेल्डिङ मेसिन, २० वटा ग्रान्डिङ मेसिन, लोडर, एक्जाभेटर लगायतका सामग्री बगाएको छ।
यसका साथै, भन्सार क्षेत्रको इभी चार्जिङ स्टेसन, रसुवागढी जलविद्युत आयोजनाको ड्याम, हेडबक्स, लेबर क्याम्प तथा चिलिमे जलविद्युत आयोजनाको सुरुङ मार्गमा समेत गम्भीर क्षति पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय