कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलचौडमा डेढ वर्षीया बालिका बाल्टिमा डुबेर मृत्यु भएकी छिन्।
सुरज सिंहकी छोरी प्रिया शुक्रबार दिउँसो घरको आँगनमा रहेको पानीको बाल्टिमा डुबेकी थिइन्। उनलाई तत्कालै महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर लगिए पनि उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











