कैलाली /कैलालीको गौरीगंगा नगरपालिका–७ महुलियास्थित निराजन सामुदायिक वन क्षेत्रमा दुई वटा भरुवा बन्दुक प्रहरीले फेला पारेको छ। प्रहरीले एक नाले लोड गरिएको र अर्को भाँचिएको अवस्थामा गरी दुई वटा बेवारिसे बन्दुक भेटिएको जनाएको छ।
बन्दुक इलाका प्रहरी कार्यालय समुरियाबाट गएको टोलीले फेला पारेको हो। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।











