युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी, असार १२ — सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ हासिल गर्ने प्रदेशकै पहिलो जिल्ला बनेको छ। “स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ बिहीबार एक विशेष समारोहका बीच यो ऐतिहासिक उपलब्धि सार्वजनिक गरिएको हो।

सिलगढीमा आयोजित औपचारिक कार्यक्रममा स्वास्थ्य निर्देशनालय राजपुरका निर्देशक डा. खगेन्द्र बहादुर बमले डोटीलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गर्दै प्रमाणपत्र प्रदान गर्नुभयो।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले स्वास्थ्यकर्मी, स्वयंसेविका, जनप्रतिनिधि, संघसंस्था लगायत सबै सरोकारवालाको योगदानप्रति आभार व्यक्त गर्दै स्वास्थ्य क्षेत्रमा डोटीलाई नमूना जिल्ला बनाउने अठोट व्यक्त गर्नुभयो।

डोटी जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीका अनुसार, जिल्लाका सबै नौ स्थानीय तहमा ५९ महिनामुनिका बालबालिकालाई सरकारले निर्धारण गरेका सबै नियमित खोप लगाइएको छ। सबै पालिकाले यसअघि नै ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा गरिसकेकाले जिल्लालाई समग्र रूपमा घोषित गरिएको उहाँले जानकारी दिनुभयो।

यसवर्ष शिखर नगरपालिका जेठ २० गते पहिलो पालिका बनेको थियो। त्यसपछि क्रमशः आदर्श गाउँपालिका (जेठ २२), बोगटान फुड्सिल (२३), सायल (२४), बडीकेदार (२९), दिपायल सिलगढी नगरपालिका र जोरायल (३०), केआई सिंह गाउँपालिका (३१) तथा पूर्वीचौकी गाउँपालिका (असार ५) पूर्ण खोप सुनिश्चित पालिकाका रूपमा घोषित भएका थिए।

समारोहमा खोप अभियान सफल बनाउन योगदान दिने सबै नौ पालिकाका एक–एक जना स्वास्थ्यकर्मी, स्वास्थ्य शाखा प्रतिनिधि तथा जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीहरूलाई सम्मान गरिएको थियो। साथै, सहकार्य गर्ने संघसंस्थालाई मायाको चिनो प्रदान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय