युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मार्तडी, असार ८
बाजुराको बडिमालिका नगरपालिका–८, गड्खेतका लालबहादुर ऐडी र उनकी श्रीमती बिस्ना देवी ऐडी गाउँमै व्यावसायिक तरकारी खेती गर्दै आत्मनिर्भर बनेका छन्। काठमाडौंको थानकोटबाट झन्डै एक दशक अगाडि तरकारी खेती सुरू गरेका उनीहरूले अहिले गड्खेतमै लोभलाग्दो तरकारी खेती गरिरहेका छन्।

१० रोपनी जमिन भाडामा लिएर खेती गर्दै आएका ४१ वर्षीय लालबहादुर र ३८ वर्षीया बिस्ना देवीले व्यावसायिक खेतीबाट आफ्नो जीवनशैली मात्रै बदल्नु भएको छैन, गाउँका दुई दर्जनभन्दा बढी किसानलाई पनि प्रेरित गर्नुभएको छ।

हिमाल बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फर्ममार्फत सञ्चालन गरिएको यो खेतीबाट ऐडी दम्पत्तिले गत वर्ष मात्र करिब आठ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका थिए। अहिले उनीहरू आफ्नै उत्पादनबाट एक छोरालाई जापानमा उच्च अध्ययनका लागि पठाइसकेका छन् भने दुई सन्तानलाई सदरमुकाम मार्तडीमै शिक्षामा संलग्न गराएका छन्।

दैनिक ४२ केजीसम्म तरकारी विद्यालयका दिवा खाजाका लागि मात्रै पठाउने गरेको ऐडी दम्पत्तिले बताए। उनीहरूले उत्पादन गरेका टमाटर, काउली, फुलगोभी, गाजर, चिचिन्डा, काक्रो, भिन्डीजस्ता तरकारी मार्तडी र बाम्का बजारसम्म आपूर्ति गर्दै आइरहेका छन्।

२१ वटा ग्रीनहाउस संरचना निर्माण गरिसकेका उनीहरूले निकट भविष्यमा ५० वटा पुर्‍याउने लक्ष्य राखेका छन्। खेतीमा सहजता ल्याउन हाल दुई जना श्रमिकलाई पनि रोजगार दिइएको छ।

उनीहरूको खेती देखेर अन्य किसानहरू पनि व्यावसायिक कृषि तर्फ आकर्षित हुन थालेका छन्। ऐडीको योगदानलाई उच्च मूल्याङ्कन गर्दै बडिमालिका नगरपालिकाले उत्कृष्ट कृषक घोषणा गरिसकेको छ भने पुरस्कृत गर्ने तयारीसमेत गरिएको छ।

कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीका अनुसार ऐडी दम्पत्तिको प्रयासले जिल्लामा कृषि क्षेत्रको सम्भावनालाई बल मिलेको छ। केन्द्रमार्फत विभिन्न प्रविधि र अनुदानका कार्यक्रमहरूमार्फत ऐडीलाई निरन्तर सहयोग पुर्‍याइँदै आएको जनाइएको छ।

गाउँमै बसेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण बनेका लालबहादुर र बिस्ना ऐडी दम्पत्तिको कथा अहिले बाजुराभरि प्रेरणाको स्रोत बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय