दार्चुला — दार्चुलाको अपिहिमाल गाउँपालिका–२, निसिलस्थित थागिल भन्ने ठाउँमा ढुङ्गा लागेर एक प्रहरी जवानको मृत्यु भएको छ।
केही दिनअघि बिदामा घर आएका दिपेन्द्र पाल नामका प्रहरी जवान मङ्गलवार खर काट्ने क्रममा अचानक ढुङ्गा खस्दा गम्भीर घाइते भएका थिए।
घाइते भएका उनलाई स्थानीयले उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुर्याएका थिए। तर उपचारका क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
पाल हाल बैतडीमा कार्यरत थिए भने काठमाडौंमा दरबन्दी थियाे ।











