
धनगढी,कैलालीको धनगढीमा एक स्कुल बसमा हाइस ठोकिँदा तीन जना घाइते भएका छन्।
घटना धनगढी उपमहानगरपालिका–४ स्थित बोराडाँडी क्षेत्रमा, नेपाली सेनाको ब्यारेक अगाडि सोमबार बिहान भएको हो।
नेपाल वेस्टन स्कुलको सुदूरपश्चिम प्रदेश ०१-००१ क २१९७ नम्बरको बसमा सोही प्रदेशको ०१-००१ ज १७०७ नम्बरको हाइस ठोक्किएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा तीन जना घाइते भएका छन्। उनीहरूको उपचारका लागि नजिकैको अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ।