युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली/कञ्चनपुर दुई जिल्लामा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्। कैलालीमा खैरो हेरोइनसहित चार जना र कञ्चनपुरमा चरेशसहित एक जना पक्राउ परेका हुन्।

कैलालीको धनगढी उपमहानगरपालिका–३ लक्ष्मी नर्सरी नजिकबाट गौरीगंगा नगरपालिका–४ का २६ वर्षीय बिजय नेपाली र गौरीगंगा–२ का ३२ वर्षीय अभिशेक हमाललाई खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी कैलालीगाउँ र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट संयुक्त रूपमा खटिएको टोलीले उनीहरूलाई ५२० मिलिग्राम लागूऔषधसहित नियन्त्रणमा लिएको हो।

यस्तै, जानकी गाउँपालिका–७ मोतीनगर चोकस्थित सडक खण्डबाट जोशीपुर गाउँपालिका–१ का २३ वर्षीय शिवबहादुर चौधरी र जानकी–७ का ३३ वर्षीय देसराम चौधरीलाई पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले लागूऔषध बिक्रीवितरण गरिरहेका अवस्थामा उनीहरूलाई १९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जनाएको छ।

उता, कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिलाचौर केदार टोलका ६० वर्षीय राम सिंह साउदको घरमा प्रहरीले शनिबार खानतलासी गर्दा २ किलो १५५ ग्राम लागूऔषध चरेश फेला पारेको छ। साउदलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका पाँचै जनामाथि लागूऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको सम्बन्धित प्रहरी कार्यालयहरूले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय