
कञ्चनपुर, असार १ गते — कञ्चनपुरको पुनर्वास नगरपालिका–३ रामबस्तीस्थित भित्री सडक किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुनर्वास नगरपालिका–१ शिविर टोलका ५० वर्षीय सुर्जे दमाई मृत अवस्थामा फेला परेका हुन्। घटनाको कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलको प्रारम्भिक अनुसन्धान भइरहेको छ।