कैलाली, गोदावरी — सर्पको टोकाइले एक निर्दोष बालिकाको ज्यान गएको छ। गोदावरी नगरपालिका–९ बल्मीकी पाँच वर्षीया रितु भाटलाई बुधबार राति घरको आँगनमा खेलिरहेका बेला सर्पले टोकेको थियो।
परिवारले तुरुन्तै उनलाई सेती प्रादेशिक अस्पताल पुर्याए पनि दुर्भाग्यवश उपचारकै क्रममा उनको मृत्यु भएकाे हाे ।











