युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

शुशिला पन्त/सिलगढी

पूजापाठमा प्रयोग हुने सिन्के धूप विस्थापित गरी अर्गानिक धुपको प्रयोग गर्दै स्थानिय उत्पादनलाई ब्यवसायिक बनाउन प्रोत्साहन गर्ने डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ६ को कार्यालयको आर्थिक सहयोगमा नगरपालिकाको वडा नं. ६ का महिलाहरुलाई पाँच दिने धूप बनाउने तालिम आज विहिबार देखी सञ्चालन गरिएको छ ।

दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोग र सहयोगी नेपाल नामक संस्थाको आयोजना नगरपालिकाको साविकको वडा नंं २ मा स्थायी बसोवास गर्ने गृहणी महिलाहरुलाई व्यवसायमा जोड्नु को साथै धार्मिक मान्याताका आधारमा समेत अशुद्ध मानिने सिन्के धुपलाई विस्तापित गर्दै आफ्नै स्थानिय उत्पादनलाई प्रोत्साहन गर्ने प्रमुख उदेश्यले तालिम संचालन गरिएको वडा नं. ६ का अध्यक्ष नरेश मलासीले बताए ।

सिन्के धूपबाट निस्कने धुवाँले फोक्सोलाई समेत असर गर्ने पछिल्लो अध्ययनले देखाएरको बाटेको धुपमा स्वास्थ्यलाई लाभ पु¥याउने विभिन्न जडीबुटीहरुको प्रयोग हुने भएका कारण बाटेको धुप धार्मिक रुपमा पवित्र मात्र नभई स्वास्थ्यवर्धक समेत भएको दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का अध्यक्ष नरेश मलाईले बताए । मलासीले भने – तालिमका लागी तालिम होईन व्यवसायका लागी तालिम हुनु पर्ने र यो तालिम सम्पन्न भएपश्चात बाटेको धुपको व्यवसायीक विकास हुनेमा आफुले विश्वास समेत लिएको बताए ।

पाँच दिन सम्म संचालन हुने उक्त तालिममा २० जना गृहणी महिलाहरुको सहभागीता रहने गरि योजना बनाएको भएतापनि संस्थाले २२ जना महिलाहरुका लागि तालिम संचालन गरेको संस्थाका महासचिब कृष्ण प्रसाद श्रेष्ठले बताए । महासचिब श्रेष्ठले भने – वडाभित्रका महिलालाई आयआर्जन र दैनिक पूजापाठ, मन्दिरमा प्रयोग गरिने धूप बनाउने र यसलाई व्यवसायीक बनाउदा नगरक्षेत्रको अर्थ समेत नगर भित्र नै रोकिने भएका कारण पनि यसले धार्मिक मात्र नभई आर्थिक हिसाबले पनि तालिमको महत्व रहेको छ । श्रेष्ठले तालिममा प्रशिक्षणका लागी घरेलु तथा सानो उद्योग कार्यालय दिपायलमा लामो समेय प्रशिक्षकको अनुभव बटुलेका प्रकास वहादुर आलेलाई जिम्मेवारी दिएको समेत बताए ।

स्थायिन जडीबुटीको मिश्रणबाट धुप उत्पादन भएमा त्यसको बजारीकरण गर्न समस्या नपर्ने दिपायल सिलगढी नगरपालिकाका उद्योमशाखाका अधिकृत राजबहादुर खड्काले बताए । खडकाले भने– तपाईहरु उत्पादन गर्नु होस्, तपाईहरुले उत्पादन गरेको बस्तुहरुको बजारीकरण कसरी गर्नु पर्छ नगरपालिकाले व्यवस्था मिलाउन्छ । खड्काले अघाडी भने– नगरप्रमुख ज्यु ले समेत स्थानिय स्तरमा उत्पादन हुने हरेक बस्तुको बजारीकरण गर्न आफुहरु हरदम तयार रहेको बताउनु भएको छ । तपाईहरु उत्पादन गर्नु होस् बजारीकरणको चिन्ता नगर्नुहोस् हाम्रो शाखाले गर्नु पर्ने हरेक सहयोग हामी गर्न तयार छौ ।

तालिममा सहभागी भएका व्यक्तिहरुले ५ दिनमा धेरै ज्ञान तथा शिपहरु आर्जन गर्नेमा आफ्नो विश्वास रहेको सहयोगी नेपालका अध्यक्ष रोजेन्द्र जोशीले बताए । जोशीले भने – हामीले नगरपालिकाको सहयोगमा सानो अबधीको तालिम संचालन गरेका छौ । तपाईहरु शिप लिनु होस् यतिले पुगेन भने अर्को व्यवस्था समेत संस्थाले मिलाउन्छ । तालिम पश्चात महिलाहरुको समुह नै गठन गरेर नियमित रुपमा धुप उत्पादन गर्ने र उक्त धुपलाई स्थानिय स्तरबाट नै बजारीकरण समेत गरिने बताए । जोशीले भने – तालिम पश्चात तपाईहरुलाई पहिलो चरणमा धुप उत्पादन सामाग्री समेत हस्तान्तरण गर्छौ पछि नियमित रुपमा तपाईहरुले नै धुप उत्पादन गर्दै जानु भयो भने घरमा बसीबसी राम्रो आम्दानीको श्रोतको रुपमा धुप उत्पादनलाई बनाउन सक्नु हुन्छ ।

संस्थाका अध्यक्ष रोजेन्द्र जोशीको अध्यक्षतामा संचालन भएको उक्त तालिमको प्रमुख अतिथि वडा नं. ६ का बडा अध्यक्ष नरेश मलासी, विशिष्ट अतिथि उद्योम विकास अधिकृत राज वहादुर खड्का, अतिथिहरुमा वडा सचिब हरिसुन्दर श्रेष्ठ, पत्रकार झलक पाली लगायत रहेको उक्त कार्यक्रमको संचालन संस्थाका महासचिब कृष्ण प्रसाद श्रेष्ठले गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय