कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित बसपार्कबाट खैरो हेरोइनसहित दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१, सुख्खडका १६ र १७ वर्षका दुई किशोरलाई बुधबार नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूबाट करिब ६ दशमलव ५९ ग्राम लागूऔषध (खैरो हेरोइन) बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार दुबै किशोरलाई लागूऔषध कसूर अन्तर्गत थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।











