डोटी, जेठ २५ — डोटीको सायल गाउँपालिका–६ दल्लेख
काभ्रेको जंगलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
मृत फेला पर्नेमा ४१ वर्षीय सुवास दमाई रहेकाे डाेटी प्रहरीले जनाएको छ । उनी जेठ १९ गते दिउँसो करिब ३ बजे घरमा कसैलाई जानकारी नदिई निस्किएपछि बेपत्ता भएका थिए। परिवारजनले खोजतलास गर्ने क्रममा सनिवार काभ्रेको जंगलमा उनको शव फेला पारेकाे जनाएको छ । ।
मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











