युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बाजुरा, जेठ २४— बुढीगङ्गा नगरपालिका–६ स्थित बाम्का बजारमा नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिन्डर पड्किएर शुक्रबार दिउँसो भीषण आगलागी हुँदा ३५ वटा पसल जलेर नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो करिब ३:३० बजे ग्यास सिलिन्डर विस्फोट भएपछि आगो फैलिँदा बाम्का बजारका फेन्सी, मेडिकल, इलेक्ट्रोनिक, पुस्तक पसल र होटलसहितका ३५ वटा व्यवसाय पूर्णरूपमा ध्वस्त भएका हुन्। प्रहरी निरीक्षक तथा कार्यालयका सूचना अधिकारी देवबहादुर चौधरीले प्रारम्भिक विवरणअनुसार क्षतिको कुल मूल्य आठ करोड ७७ लाख ६५ हजार रुपैयाँ रहेको जानकारी दिए।

सबैभन्दा बढी क्षति योगनाथ न्यौपानेको किनारा पसलमा भएको छ, जसको अनुमानित क्षति एक करोड ८० लाख रुपैयाँ छ। त्यसैगरी, तोयानाथ न्यौपाने, छत्र थापा र धनबहादुर साउदको पसलमा क्रमशः एक करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

दीपक साउद, रामु अयडी, तुल कटुवाल र उद्धव थापाको पसलको क्षतिको मूल्य हालसम्म खुल्न सकेको छैन। यसका साथै, भगतराज गिरीको सुप्र ०१–००१ प ४६८१ नम्बरको मोटरसाइकल समेत आगलागीमा परेर जलेको प्रहरीले जनाएको छ।

स्थानीय तहमा दमकलको व्यवस्था नहुँदा आगो नियन्त्रणमा कठिनाइ भएको र त्यसैका कारण ठूलो क्षति भएको पीडितको गुनासो छ। “स्थानीय तहमा दमकल भएको भए बढी क्षति हुनबाट जोगिन सकिन्थ्यो,” पीडित व्यापारी छत्र थापाले बताए।

जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले पीडितहरूको तथ्याङ्क संकलन गरी राहत तथा पुनःस्थापनाको लागि प्रदेश र सङ्घ सरकारसँग माग गर्ने निर्णय गरेको छ।

आगलागीको खबरलगत्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे प्रभावित क्षेत्रमा पुगेका छन्। उनकाे निजी सचिवालयका अनुसार मन्त्री पाण्डेले क्षतिको अवलोकन गर्दै पीडितहरूका गुनासा सुन्ने र आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय