डोटी, २१ जेठ – डोटी जिल्लाको शिखर नगरपालिका–३ कोणखेतस्थित के.आई.सिंह राजमार्गमा आज बिहान सवारी दुर्घटना भएको छ। बिहान करिब ६:५० बजे समयमा धनगढीबाट खुद्रा सामान बोकेर डोटीको सिलगढीतर्फ आइरहेको से.१.ख ८०१ नम्बरको मिनि ट्रक दुर्घटनामा भएकाे हो।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार उक्त ट्रकको स्टेरिङ्ग फेल भई सडकको बायाँतर्फ पल्टिएको र सडकबाट करिब १५ मिटर तल खसेको छ । दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
ट्रक चालक कैलाली जिल्लाकाे धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका ३१ वर्षीय धिरेन्द्र राज पाठक हुन् ।
घटनापछि प्रहरी नायव निरीक्षक कृष्ण सिंह ऐरीको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ ।











