युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी — कृषि ज्ञान केन्द्र डोटीले जिल्लामा उत्पादन हुने स्थानीय कृषि उपजको बजारीकरण तथा प्रवर्द्धनलाई लक्षित गर्दै आफ्ना कार्यक्रमहरूमा स्थानीय उत्पादनबाट बनेका परिकार प्रयोग गर्न थालेको छ।

अबदेखि कार्यालयका कार्यक्रमहरूमा सहभागीलाई कोदो, मास, आलु, हरियो साग, तिल लगायतबाट बनेका सेल, हलुवा, बटुक, अचार र सागजस्ता परिकार खुवाइने प्रमुख गङ्गादत्त अवस्थीले जानकारी दिए।

उनका अनुसार स्थानीय अन्नबालीको संरक्षण, किसानलाई हौसला प्रदान गर्ने र बजार विस्तारमा टेवा पुर्‍याउने उद्देश्यसहित स्थानीय होटेलहरूसँग समन्वय गरेर यस्ता परिकार उपलब्ध गराइएको हो। अवस्थीले स्वास्थ्यको दृष्टिले पनि यस्ता परिकार लाभदायक भएकाले जिल्लामा हुने प्रायः सबै कार्यक्रममा यिनै परिकारलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

यही उद्देश्यलाई विस्तार गर्दै ज्ञान केन्द्रले जिल्लाका विद्यालयहरूमा दिइने दिवा खाजालाई पनि स्थानीय उत्पादनसँग जोड्ने तयारी थालेको छ। मंगलबार केन्द्रले सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेर विद्यालयमा स्थानीय परिकार समावेश गर्ने सम्भावनाबारे छलफल गरेको हो।

कार्यक्रममा समन्वय समितिका प्रमुख, स्थानीय तहका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सहकारी संघका अध्यक्ष, पत्रकारलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा अवस्थीले विद्यालयमा स्थानीय परिकार समावेश गर्न सकिए वार्षिक १८ करोड रुपैयाँभन्दा बढी रकम जिल्लाभित्रै रोक्न सकिने बताए।

उनले दिवा खाजाका रूपमा कोदो, भटमास, मास, फापर, चिनो, आलु, मकै, तिल, बासमती चामल लगायतका उत्पादनबाट विभिन्न परिकार तयार गरी उपयोग गर्न सकिने र त्यसका लागि आवश्यक तयारीबारे पनि प्रस्ट पारे।

कार्यक्रमका सहभागीहरूले कृषि ज्ञान केन्द्रको यो पहल सकारात्मक र प्रभावकारी भएको भन्दै सहयोग गर्ने प्रतिबद्धता जनाए। केही चुनौतीहरू देखिए पनि तिनीहरूको समाधान खोज्दै कार्यक्रम सफल बनाउनु पर्नेमा सबैको जोड थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय