युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानकी इन्दु राई प्रत्येक दिन बिहान सबेरै महाकाली नदी धाउँछिन्। उनको यो दैनिकी केवल शौख होइन, वर्षौँदेखि परिवार चलाउने मुख्य आधार बनेको छ।

राईले झण्डै १५ वर्षदेखि महाकाली नदीबाट माछा मारेर बेच्दै आएकी छन्। यही माछा बेचेर कमाएको आम्दानीले उनले आफ्नो घरको खर्च धान्दै आएकी छन्। दैनिक पाँचदेखि १० किलोसम्म माछा मार्ने राईले ती माछा झलारी, महेन्द्रनगर, दैजी लगायतका बजारमा बिक्री गर्छिन्। “ताजा माछाको माग बढी छ,” राईले भनिन्, “सबै ग्राहकलाई पुग्दैन।”

सानो माछा प्रतिकिलो २५० रुपैयाँमा र ठूलो माछा ३०० रुपैयाँसम्ममा बिक्री हुने गर्छ। उनको माछा मार्ने तरिका निकै अनौठो छ — खाना खाने थालीमा कपडा बेरेर बीचमा प्वाल पारी, त्यहाँ पीठो राखेर माछा भित्र आउनासाथ समात्ने। नदीमा ढुङ्गा हुने भएकाले जाल थाप्न गाह्रो हुने उनले बताइन्।

राईको मासिक आम्दानी ३० हजारदेखि ३५ हजार रुपैयाँसम्म पुग्ने गर्छ। उनीसँग आफ्नै घर भए पनि खेतीयोग्य जमिन छैन। घरका लागि अन्न, नुन, तेल, लुगाफाटो, औषधोपचार, बालबालिकाको पढाइ खर्च सबै माछा बेचेरै जुटाउने गर्छिन्। माछा मार्न उनी अरू महिलासँग समूह बनाएर जान्छिन्।

उनकी सहकर्मी पार्वती चौधरीले पनि महाकाली नदीले नै आफ्नो परिवार पालिएको बताउँछिन्। “अहिले माछा पाउन गाह्रो छ,” चौधरीले भनिन्, “पूरै दिन माछाको खोजीमै बित्छ।”

महाकाली नदीमा महासिर, सिलर, रैना, असला, मगरीलगायतका माछा पाइन्छन्। यी महिलाहरूका लागि महाकाली नदी मात्र नदी होइन — जीवन चलाउने आधार हो।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय