कैलाली — टीकापुर नगरपालिका–१, वनगाउँ दक्षिण पुरूवाका २३ वर्षीय ओमप्रकाश घर्ती मगरलाई जबरजस्ती करणीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।
१८ वर्षीया किशोरीमाथि बलात्कार गरिएको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान मगरलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार हाल मगरलाई हिरासतमा राखेर घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको छ। पीडित किशोरीको स्वास्थ्य परीक्षण समेत गराइएको छ भने घटनाको थप विवरण संकलनको प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।











