बैतडी — भीरबाट लडेर घाइते भएकी दशरथचन्द नगरपालिका–६ टाककी ७० वर्षीया धनपती नाथको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलदेब बडूका अनुसार, नाथ घाँस काट्न घर नजिकैको जंगल गएकी थिइन्। शनिवार लडेर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा सोही दिन उनको मृत्यु भएको हो।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।











