कैलाली — कैलालीको जोशीपुर गाउँपालिका–४ स्थित पथरैया नदीमा डुबेर एक किशोरीको मृत्यु भएको छ।
नदीमा माछा मार्ने क्रममा डुबेर चन्द्र महतोकी १४ वर्षीया छोरी आरुसी महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनी बिहीबार दिउँसो बाणी नजिकैको पथरैया नदीमा डुबेकी थिइन्।











