कैलाली — कैलालीको धनगढी उपमहानगरपालिका–१३, राजपुर चोकस्थित सडकमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
सुदूरपश्चिम प्रदेशको ०१००१–त २६४५ नम्बरको टिप्परले बाटो काट्दै गरेका बैतडीको पाटन नगरपालिका–६ निवासी ५३ वर्षीय मन्दिर सिंह विष्टलाई ठक्कर दिएको थियो। उक्त टिप्पर कैलालीको गोदावरी–५ निवासी २७ वर्षीय अर्जुन चौधरीले चलाएका थिए।
गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि माया मेट्रो अस्पताल, धनगढी लगिएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। हाल मृतकको शव अस्पतालमै राखिएको छ।











