कैलाली — कैलालीको टीकापुर नगरपालिका–१ मा खुकुरी प्रहार हुँदा एक युवक गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार ३१ वर्षीय टेकेन्द्र सिंह विष्ट बिहीवार दिउँसो घर नजिकैको क्याफेमा कफी पिइरहेका बेला दुई जना अपरिचित व्यक्तिले उनीमाथि खुकुरी प्रहार गरेका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार विष्टको टाउको र छातीमा चोट लागेको छ। टीकापुरमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ।
प्रहार गर्ने व्यक्तिहरूको पहिचान नखुलेको प्रहरीले जनाएको छ। हाल उनीहरूको खोजी भइरहेको छ।
घटनापछि कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणा आफैँ अनुसन्धानमा खटिएका छन्।











