डोटी, २०८२ जेठ १४ –
डोटी जिल्लाको जोरायल गाउँपालिका–१ भड्डीमा छतबाट लडेर एक युवकाे ज्यान गएकाे छ ।
मंगलबार साढे १ बजेकाे समयमा साेही ठाउँ निवासी करिब ३०/३२ वर्षका दीपक खड्का लडेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारकाे लागि डडेल्धुरा अस्पताल लगिएकाे र डाक्टरले चेकजाँच गर्दा आज बिहान ५ बजे मृत घाेषणा गरेकाे डाेटी प्रहरीले जनाकाे छ।
भुपेन्द्र घर्ती मगरले सञ्चालन गर्दै आएको लुम्बिनी भान्सा घर एण्ड लजको तेस्रो तलामाथिको छतबाट खस्दा मृत खड्काकाे शरिरको भित्री भागमा गम्भीर चोट लागेको थियो।











