युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी, जेठ १३ — सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय सेवा ऐन निर्माण प्रक्रियालाई तीव्रता दिएको छ। आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग भएको सहमतिअनुसार ऐन यसै साता बनाउने तयारीसहित प्रक्रिया अगाडि बढाइएको हो।

प्रदेशभरका स्थानीय तहका कर्मचारीहरू स्थानीय सेवा ऐन चाँडै जारी गर्न माग राख्दै केही समययता काम छोडेर आन्दोलनमा थिए। कर्मचारीको दबाबपछि प्रदेश सरकार ऐन निर्माणमा अघि बढेको हो।

सुदूरपश्चिम प्रदेशसभाको छैटौँ अधिवेशनअन्तर्गत आइतबार बसेको दोस्रो बैठकमा ‘स्थानीय सेवाको गठन, सञ्चालन तथा सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी प्रतिवेदन विधायन तथा प्रदेश मामिला समितिले प्रस्तुत गर्‍यो। समितिले उक्त विधेयक माघ १५ गते नै सर्वसम्मत पारित गरेको थियो तर प्रतिपक्षको अवरोधले संसदमा तत्काल पेश हुन सकेको थिएन।

विधेयन तथा प्रदेश मामिला समितिका सभापति दिवानसिंह विष्टका अनुसार, मङ्गलबार बस्ने बैठकमा प्रतिवेदनमाथि छलफल हुनेछ। “छलफल छोटो भए मङ्गलबार नै विधेयक पारित हुन्छ, नत्र ढिलोमा यसै साताभित्र ऐन बन्नेछ,” उहाँले जानकारी दिनुभयो।

विधेयक पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि स्थानीय सेवा ऐन कार्यान्वयनमा आउनेछ। स्थानीय तहका कर्मचारीहरू समितिबाट पारित प्रतिवेदनमा आधारित ऐन बन्नुपर्ने अडानमा थिए। सभापति विष्टका अनुसार, प्रतिवेदन हुबहु सभामा प्रस्तुत भएकाले कर्मचारीको माग सम्बोधन हुने निश्चित छ।

उक्त विधेयक २०८० साल फागुनमै प्रदेश सभामा दर्ता गरिएको थियो। त्यसपछि सामान्य छलफलपछि दफावार छलफलका लागि समितिमा पठाइएको यो विधेयक वर्षदिनसम्म विचाराधीन रहँदै आएको थियो।

अब भने कर्मचारी व्यवस्थापनलाई कानुनी आधारमा व्यवस्थित गर्दै स्थानीय सेवा प्रभावकारी, सक्षम र सेवामूलक बनाउने उद्देश्यले ऐन निर्माण अन्तिम चरणमा पुगेको संकेत देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय