प्रकृतिको अनुपम वरदान एवं सुदुरपश्चिमै सबैभन्दा धेरै आकर्षक तथा भौगोलिक वनावटको दृष्टिकोणले अति सुन्दर र रमणीय स्थलहरुले भरिभराउ अछाम जिल्ला आफैमा एक ईश्वरको बरदान हो । समुन्द्र सतहबाट ५४४ मिटर देखि ४१६८ मिटरको उचाईमा छ । यस जिल्लाको क्षेत्रफल १,६८० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । अछाम जिल्लामा रामारोशन र खप्तड लगायतका मनोरम दृष्यका धनी पर्यटकिय क्षेत्रहरुले सजिएको छ । अछामको पूर्वमा कालिकोट, पश्चिममा डोटी, उत्तरमा बाजुरा र दक्षिणमा दैलेख रहेको छ । अछाममा कर्णाली, सेती, बृद्धगंगा, कैलाश खोला, भानाकोट गाड, रामारोशन ताल, चाईरहोगाड, कुईका गाड, विनायकगाड, कुवालीगाड, लुंग्रेली गाड, सोकट गाड, जिज्यारी गाड, पायली गाड, छिपेखोला, चिसि खोला, तालागाड खोला र चिल्ताडागाड खोला लगायतका जल सम्पदाहरू रहेका छन् ।
मध्यम स्तरको हावापानी पाईने अछाममा जिल्ला ४ वटा नगरपालिका नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन् । २ संसदीय क्षेत्र रहेको यस जिल्लामा ४ वटा विभिन्न जातजातीहरुको समान वसोवास रहेका अछाम जिल्ला सांस्कृतिक विविधता, जैविक विविधता प्रचुर मात्रामा प्रकृतिक सम्पदा नदी, जंगल, पोखरी, सिमसार जस्ता सम्पदाहरुले भरिपूर्ण जिल्ला इलाम, सिंगो देशको समृद्धिका निम्ति आर्थिकभर तथापर्यटकीय सम्भावना रहेको छ । यहाँका हरेक स्थानीयतहहरुले विकाशको अबधारणा ल्याउन सके सबै क्षेत्रको उत्तिकै सम्भावना रहेको छ ।
नेपालको सुदुरपश्चिम प्रदेशमा अवस्थित अछाम जिल्ला प्राकृतिक अनुपम र भौगोलिक वनावटको दृष्टिकोणले अति सुन्दर स्थान हो । यहाँको विकाश हुन सके आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि एक महत्वपूर्ण गन्तव्य स्थल बन्ने छ । प्राकृतिक सौन्दर्यका साथ साथै धार्मिक, सांस्कृतिक, प्राकृतिक जैविक विविधता सम्पदाहरुले भरिभराउ रहेको अछाममा खप्तड र रामारोशन मुख्य क्षेत्रहरु हुन । राज्य तहबाटै पछाडि पारिएको अछाम जिल्लामा पर्यटकहरुका लागी राम्रो बासस्थानको व्यवस्था गरेमा आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमनमा वृद्धि गराउन सकिन्छ । प्रकृतिक स्रोतको धनी अछामलाई पर्यटन प्रवद्र्धन र पूर्वाधार निर्माण विकास गरिएमा पर्यटकहरुको आगमनमा बृद्धि हुनेछ ।
यसरी आउने पर्यटकहरुलाई सुविधा पु¥याउने उद्देश्यले सुविधा सम्पन्न होटल, लज, रेष्टुरेण्ट तथा स्वच्छ वातावरण स्थानीय प्राकृतिक र धार्मिक स्थलहरुसम्म पुग्न र भ्रमण गर्न सहज र सुविधाजस्ता आधार सु—व्यवस्थित गर्न सके अछाम जिल्लामा आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमनमा वृद्धि हुने र यसले आर्थिक रुपमा पनि प्रत्यक्ष फाईदा पुग्ने जनाईएको छ । अछामको विकाश र समृद्धिको लागी सरकार कटिबद्ध भएर लाग्ने हो भने उक्त जिल्लामा विकाशको प्रचुर सम्भावना रहेको छ ।











