युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटीःआगामी आर्थिक वर्ष २०८२/८३ मा डोटी जिल्लामा ‘एक पालिका एक उत्पादन’ कार्यक्रम लागू गरिने भएको छ। यहाँस्थित कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले डोटीमा संयुक्त कार्यक्रम आयोजना गरी आगामी वर्ष जिल्लामा उक्त कार्यक्रम लागू गर्ने योजना बनाइएको जानकारी दिएको हो।

प्रदेश सरकारबाट यस्तो कार्यक्रम राख्न भनिएपछि डोटीका नौ वटै पालिकामा आगामी आवदेखि कार्यक्रम लागू गरिने कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताए। केही दिनपहिला यस विषयमा जिल्लास्थित सरोकार भएकासँग छलफल गरेपछि कुन कार्यक्रम राख्ने भनी पालिकाहरूलाई पत्राचार गर्न लगाएर सोही अनुसार शनिवार निर्णय गरिएको उनले जानकारी दिए।

उनका अनुसार सानो लगानीमा धेरै कार्यक्रम समेट्दा कृषिमा सकारात्मक प्रतिफल नदेखिएकाले एउटै कार्यक्रममा बढी लगानी गर्दा प्रतिफल उल्लेख्य देखिने हुँदा यस्तो कार्यक्रम ल्याउने योजना बनाइएको हो। सोहीअनुसार कृषितर्फ दिपायल सिलगढी नगरपालिका र केआइसिंह गाउँपालिकामा तरकारीखेती, शिखर नगरपालिका र आदर्श गाउँपालिकामा फलफूलखेती, पूर्वीचौकी गाउँपालिकामा भटमास, सायल गाउँपालिकामा आलु, बोगटान फुड्सिल गाउँपालिकामा बेसार र अदुवा (मसला बाली), जोरायल गाउँपालिकामा बासमती धान र बडीकेदार गाउँपालिकामा सुन्तला जातका फलफूलखेती कार्यक्रम लागू गरिने छ।

भेटेरिनरीतर्फ दिपायल–सिलगढी नगरपालिका, शिखर नगरपालिका, केआइसिंह गाउँपालिका र पूर्वीचौकी गाउँपालिकामा भैँसीपालन र आदर्श, सायल, बोगटान फुड्सिल, जोरायल र बडीकेदार गाउँपालिकामा बाख्रापालन कार्यक्रम लागू गरिने भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्रमुख चन्द्रकान्त पन्तले जानकारी दिए। उहाँका अनुसार उल्लिखित कार्यक्रमका लागि बजेटको व्यवस्थापन प्रदेश सरकारले गर्ने छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय